ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

  • बिहीबार ११ असार २०८३ ०३:५४ AM
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६३, सङ्केत बत्ती उल्लङ्घनकर्ता ९९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही