विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी, ४ जना पक्राउ

  • शुक्रबार​ १२ असार २०८३ ०३:१२ AM
काठमाडौं । वैदेशिक रोजगारका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर रु ४७ लाख ९२ हजार ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुस्ता गाउँपालिका–१ निवासी २३ वर्षीय सन्देश चौधरी, देवचुली नगरपालिका–५ निवासी ५३ वर्षीय भगवतप्रसाद थारु, चितवन भरतपुर महानगरपालिका–४ निवासी ४० वर्षीया सरस्वती बारघरे तथा काठमाडौं