पार्टीको सार्वजनिक गरिएको प्रारम्भिक उम्मेदवार सूचीअनुसार सोबिता गौतम र तोसिमा कार्की महिला उपसभापतिका लागि प्रतिस्पर्धामा उत्रिएका हुन्। पार्टीका दुई प्रभावशाली महिला सांसदको महिला उपसभापति पदको चुनावी प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा पदाधिकारी चयनका लागि हुने निर्वाचनमा सोबिता गौतम र तोसिमा कार्कीले महिला उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन्।