चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कबिन्द्र बुर्लाकोटीले महामन्त्री पदका लागि दिएको आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निवर्तमान महामन्त्री समेत रहेका बुर्लाकोटीले पार्टीको हितलाई सर्वोपरी ठान्दै निरन्तरको संघर्षबाट निर्माण गरिएको पार्टीमा एउटा जिम्मेवारीका लागि करिब दर्जन उम्मेदवार साथीहरूसँग भिडेर जिम्मेवारीको दौडमा रहनु खास चाहना नभएको बताएका छन् ।उनले आफ्नो व्यवस्थापनका लागि होइन, राजनीतिक भविष्यका लागि पनि होइन तर राष्ट्र निर्माणका लागि एकजुट हुनुपर्ने ठाउँमा आफै कमज