काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा देखिएको रेबिज विरुद्धको खोपको अभाव टार्न सहयोग स्वरूप खोप उपलब्ध गराएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एक औपचारिक कार्यक्रमका बीच उक्त खोप अस्पताल प्रशासनलाई हस्तान्तरण गरिन् । अस्पतालमा रेबिज विरुद्धको खोपको मौज्दात न्युन हुँदै गएको र यसले स्वास्थ्य संकट निम्त्याउन सक्ने