विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

  • शुक्रबार​ १२ असार २०८३ १०:५१ AM
काठमाडौँ : आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्डस्को खेलका लागि नेपाली टोली घोषणा गरिएको छ। शुक्रबार नेपाल क्रिकेट संघले रोहित पौडेलको नेतृत्वमा नेपाली टोली घोषणा गरेको हो। उपकप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन्। नेपाली टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन्। त्यस्तै, सन्दीप जोरा, शहाब अलाम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रिजर्भमा रहेका छन्। The post विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा appeared first on Kalika Khabar.