तनहुँ । तनहुँ समाज हङकङले मिर्गौला तथा क्यान्सरपीडितलाई आर्थिक सहयोग गरेको छ । हङकङमा बसोबास गर्ने तनहुँवासीको संस्था तनहुँ समाज हङकङले जिल्लाका मिर्गौला तथा क्यान्सरबाट पीडित बिरामीलाई रु पाँच लाख ७६ हजार आर्थिक सहयोग गरेको हो । समाजले बन्दीपुर गाउँपालिका–४ का दुवै मिर्गौलासम्बन्धी समस्या खेपिरहेका सुकबहादुर गुरुङ, ऋषिङ गाउँपालिका–८ का सोमबहादुर नेपाली र क्यान्सरपीडित सोही