काठमाडौं/चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनले पार्टीलाई राजनीतिक र सांगठनिक रूपमा संस्थागत गर्दै नयाँ नेतृत्व चयन गरेको छ। उत्साहका साथ सुरु भएको महाधिवेशन अन्त्यसम्म पुग्दा केही व्यवस्थापकीय अव्यवस्थाको उदाहरण बने पनि यसले पार्टीभित्रको सांगठनिक प्रणाली र लोकतान्त्रिक जगलाई मजबुत रूपमा स्थापित गराएको छ। प्रतिनिधिहरूको असन्तुष्टि, गुनासा र व्यवस्थापनप्रतिको व्यापक आलोचनाबीच संस्थागत स्वरूप ग्रहण गर्दै सम्पन्न महाधिवेशनले सभापति रवि लामिछानेले