कांग्रेस नेता गुरुराज घिमिरेका पूर्व चुनावी कमाण्डर गिरी पक्राउ

  • शनिबार १३ असार २०८३ ०६:४३ AM
काठमाडौँ । मोरङ प्रहरीले विराटनगर–११, मधुमाराका अभिषेक गिरीलाई पक्राउ गरेको छ । शनिबार (आज) बिहान उनकै घरबाट गिरीलाई पक्राउ गरिएको हो । प्रहरीले अवैध हतियार लुकाएको आशंकामा उनको घरमा छापा मारेको थियो । तर, घरबाट कुनै हतियार फेला नपरेपछि प्रहरीले उनलाई जिल्ला कारागार मोरङका कैदीबन्दीको भत्ता र अन्य रकम दुरुपयोग गरेको आरोपमा नियन्त्रणमा लिएको हो