सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापन तथा उद्धार कार्यमा प्रयोग हुने विभिन्न सामग्री हस्तान्तरण गरेको छ। असार १२ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविर फुयाँलले उक्त सामग्री हस्तान्तरण गरेका