सुशासनका निम्ति खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन

  • आइबार​ १४ असार २०८३ १२:५५ AM
असार १४, काठमाडौं । मुलुकमा सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘पारदर्शी समाज’ गठन गरिएको छ । पूर्वराजदूत दीपकुमार उपाध्यायको अध्यक्षतामा समाज गठन गरिएको हो । समाजका सदस्यमा वासु दाहाल, सन्तोष गिरी, सोमबहादुर थापा र मुमाराम खनाल छन् । संस्थाले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक निकायमा पारदर्शिता तथा उत्तरदायित्व बढाउन नागरिकस्तरबाट खबरदारी गर्ने जनाएको छ ।