काठमाडौंका पूर्वाधार कति अपांगतामैत्री ?

  • आइबार​ १४ असार २०८३ ०९:०० AM
काठमाडौं : महानगरपालिका नेपालको राजधानीमात्र होइन, देशको प्रशासनिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक केन्द्र पनि हो।हरेक दिन हजारौं मानिस रोजगारी, शिक्षा, स्वास्थ्य सेवा तथा अन्य अवसरहरूको खोजीमा राजधानी आउँछन्।तर, यही सहरमा बसोबास गर्ने वा दैनिक आवतजावत गर्ने अपांगता भएका व्यक्तिहरूका लागि भने काठमाडौं अझै पनि सहज र पहुँचयुक्त बन्न सकेको छैन।सडक, फुटपाथ, सार्वजनिक भवन, यातायात, पार्क, सरकारी कार्यालय तथा अन्य सार्वजनिक संरचनाहरूको अवस्था हेर्दा सहरी विकासको प्रक्रियामा अपांगता भएका व्यक्तिहरूको आ