काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । बैठकमा आर्थिक तथा कानुनी महत्त्वका विभिन्न विधेयकमाथि छलफल र निर्णय हुने कार्यसूची रहेको छ । बैठकको सुरुआतमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा सभामा सुनाइनेछ । त्यसपछि प्रधानमन्त्रीको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले महालेखा परीक्षकको २०८३ सालको