प्रधानमन्त्री बालेन्द्रलाई एमालेको चुनौतीः नेपालले भारतको जमिन कहाँ–कहाँ मिचेको छ, देखाइदिनुस्

  • आइबार​ १४ असार २०८३ ०७:०२ AM
काठमाण्डु– एमालेले नेपालले भारतको जमिन कुनकुन ठाउँमा मिचेको हो भन्ने विवरण पेश गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई चुनौती दिएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद डा. पुष्प कँडेलले नेपालले जमिन मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको र त्यसले गम्भीर संकेत गर्ने बताए । सम्बन्धित पक्षले समेत नगरेको दाबी प्रधानमन्त्रीबाट आउनु दुःखद भन्दै उनले