कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

  • आइबार​ १४ असार २०८३ ०७:३३ AM
कैलाली। टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुरस्थित कर्णाली नदीमाथि झुलुङ्गे पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको घुइँचो बढ्न थालेको छ। केही दिनअघि मात्रै पुल सञ्चालनमा आएपछि कर्णाली नदी, वरपरका हरियाली फाँट र प्राकृतिक सौन्दर्य अवलोकन गर्न तथा गर्मी छल्न आउने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको हो। टीकापुर–५ का किरण चौधरीले