औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको लिनारेस एम ८५० ट्याब्लेटको नमुना परीक्षणमा न्यून गुणस्तर भेटिएपछि उक्त औषधिको एक ब्याच तत्काल बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ। विभागले २०८३ असार १२ गते जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत सम्बन्धित उद्योग तथा त्यसका प्रतिनिधिलाई औषधिको बिक्री–वितरण रोक्का गरी बजारबाट फिर्ता गर्न तथा त्यसको विवरण विभागमा