कालो सिसा प्रयोग गर्ने ५७ सवारी चालक ट्राफिक कारबाहीमा

  • आइबार​ १४ असार २०८३ १२:२७ PM
काठमाण्डु – काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालो सिसा (ब्ल्याक फिल्म) प्रयोग गरेर सञ्चालन गरिएका ५७ वटा सवारी चालकमाथि  कारबाहीसहित जरिवाना गरेको छ । आईतबार उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष ट्राफिक जाँचका क्रममा कालो सिसा प्रयोग गरेका ती सवारीसाधन चालकलाई जरिवानासहित कारबाही गरिएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद