काठमाडौं : आगामी मंगलबार र बुधबार देशका विभिन्न प्रदेशमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले आज विशेष मौसमी बुलेटिन-१ जारी गरेर उक्त जानकारी दिएको हो। विभागका अनुसार आगामी असार १६ र १७ गते मनसुनी गतिविधि बढ्न गई मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ । देशका पहाडी र तराई भू-भागका धेरै स्थानमा तथा हिमाली भू-भागका