काठमाडौं : आगामी जुलाई ११ देखि मलेसियामा आयोजना हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१९ महिला प्रिमियर कप क्रिकेटमा नेपाली टोलीको कप्तानी सोनी पाख्रिनले गर्ने भएकी छन्।नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सोनीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो। क्यानका सचिव पारस खड्काले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल टोली घोषणा गरेका हुन्।राष्ट्रिय टोलीको सदस्यसमेत रहिसकेकी सोनीको कप्तानीमा घोषित टोलीमा सना प्रवीण, अलिशाकुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्