असार १५, बुटवल । धान उत्पादनका लागि उर्वर भूमि मानिने लुम्बिनी प्रदेशमा मध्य असारसम्म आइपुग्दा जम्मा २० प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ भएको छ। पर्याप्त वर्षा नहुँदा तथा सिँचाइको अभावका कारण तराईका अधिकांश जिल्लामा किसानले रोपाइँ गर्न नपाउँदा धानको ब्याडमा बीउ छिप्पिन थालेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार १२ जिल्लामध्ये सबैभन्दा कम रोपाइँ बाँकेमा