भोलि र पर्सि ‘भारी वर्षा’, प्राधिकरणले भन्यो– ‘सतर्कता अपनाउनु, सुरक्षित भएर बस्नु’

  • सोमबार १५ असार २०८३ ०४:३४ AM
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि मंगलबार र पर्सि बुधबार देशका विभिन्न स्थानमा भारी वर्षा तथा एक÷दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना औंल्याउँदै आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले आइतबार सूचना जारी गर्दै अकस्मात् बाढी आउनसक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन पनि आग्रह