श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्छ : राष्ट्रपति

  • सोमबार १५ असार २०८३ ११:०१ AM
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले धान रोप्ने अनि मानो रोपेर मुरी फलाउने असार महिना कृषि कार्यका लागि विशिष्‍ट रहेको बताएका छन्। २३ औँ राष्ट्रिय धान दिवस, २०८३ का अवसरमा शुभकामना दिँदै पौडेलले श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने खाँचो रहेको औल्याएका हुन्। हिलोसँग खेल्दै खेतभित्र छुपुछुपु धान रोप्ने र दही, चिउरा, अचारलगायतका परिकारहरूले असार १५ गतेलाई अझ विशेष बनाउने उनको भनाई छ।‘नेपालको संविधानले प्रत्ये