काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको स्वर्ण उत्सव नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यतामा काठमाडौंमा भव्य रूपमा उद्घाटन गरिएको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित व्यवसायी, विभिन्न विशिष्ट व्यक्तित्व, नाडाका पूर्वअध्यक्ष, केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, सदस्य कम्पनीका प्रतिनिधि र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको