रौतहटमा १० प्रतिशत धान रोपाइँ

  • सोमबार १५ असार २०८३ ०४:०० PM
रौतहट : जिल्लामा करिब १० प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । समयमै पानी नपर्दा, मलखादको व्यवस्थापनमा राज्य उदासिन हुँदा अधिकांश धान खेत अझै बाँझै रहेका छन् भने किसान चिन्तित छन्। कृषि ज्ञान केन्द्र रौतहटका सूचना अधिकारी सरोज मण्डलका अनुसार गत वर्ष जिल्लामा करिब ३१ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। यस वर्ष पनि सोही हाराहारी क्षेत्रफलमा धान खेती हुने लक्ष्य रहे पनि पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित बनेको छ।वर्षाको भरमा खेती गर्ने चलन भएकाले र सिँचाइ नहरमा पनि अहिल