पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

  • सोमबार १५ असार २०८३ १२:०७ PM
सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलको हिरासत अवधि तीन दिन थप गरिएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरको इजलासले सोमबार अनुसन्धानका लागि पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावल रहेको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो। अदालतको आदेशअनुसार आरोपी पौडेललाई थप