त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना सबै आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार सबै क्याम्पस प्रमुखलाई पत्राचार गर्दै विश्वविद्यालय अनुदान आयोग (यूजीसी) र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन भनेको हो। उपप्रशासक सन्देश कुमार रेग्मीद्वारा हस्ताक्षरित पत्रमा शिक्षा मन्त्रालयको २०८३ असार ९ गतेको पत्रलाई