इक्यान–आइप्यानबीच रणनीतिक समझदारी,‘स्टडी इन नेपाल’ अभियान अघि बढ्ने

  • सोमबार १५ असार २०८३ १२:५० PM
काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान)बीच रणनीतिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारीमार्फत नेपालमा गुणस्तरीय उच्च शिक्षाको प्रवद्र्धन, शिक्षाको अन्तर्राष्ट्रियकरण तथा ’स्टडी इन नेपाल’ अभियानलाई प्रभावकारी रूपमा संयुक्त रूपमा अगाडि बढाउने दुवै संस्थाको प्रतिबद्धता रहेको जनाइएको