किसानलाई राहत प्याकेजसहित पेन्सन दिन सरकारसंग आजपा अध्यक्ष प्रभु साहको माग

  • सोमबार १५ असार २०८३ ०१:२६ PM
रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने मा सरकारसंग गरेका छन् । मानो रोपेर मुरी फलाउने किसानहरुलाई यतिबेला रासायनिक मलको चरम अभाव र महँगीका कारण पीडित भइरहेकाले यथासिघ्र किसानका लागि राहत प्याकेजका साथै पेन्सनको व्यवस्था गर्नुपर्ने उनले बताएका छन् । राष्ट्रिय धान दिवसको विशेष अवसरमा आज किसानलाई शुभकामना दिदै आजपा अध्यक्ष साहले किसानलाई पेन्सन दिनुपर्ने माग सरकारसंग गरेका हुन् । ‘राष्ट्रिय धान दिवसको विशेष अवसरमा सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछूँ। मानो रोपेर मुरी फलाउने महान् किसानहरू यतिबेला रासायनिक मलको चरम अभाव ... The post किसानलाई राहत प्याकेजसहित पेन्सन दिन सरकारसंग आजपा अध्यक्ष प्रभु साहको माग appeared first on Kalika Khabar.