रौतहट । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकार किसान र सुकुमबासीका समस्याप्रति संवेदनशील नरहेको आरोप लगाएका छन् । २३औँ राष्ट्रिय धान दिवसको अवसरमा रौतहटमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले किसानका समस्या समाधानलाई बजेटमा प्राथमिकता नदिएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरे । उनका अनुसार सरकार विपन्न वर्ग र किसानको सहयोगी बन्नुको सट्टा बाधक जस्तो देखिएको