बेलकोटगढीमा ७० वर्षमाथिका २०० ज्येष्ठ नागरिकलाई लौरो र छाता वितरण

  • सोमबार १५ असार २०८३ ०१:४३ PM
काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–१० ले आफ्नो वडा क्षेत्रका ७० वर्ष उमेर पूरा गरेका करिब २०० जना ज्येष्ठ नागरिकलाई पदयात्राका लागि उपयोगी लौरो र छाता वितरण गरेको छ । ज्येष्ठ नागरिकको सम्मान, संरक्षण तथा सक्रिय जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा वडा कार्यालयले ७० वर्ष नाघेका स्थानीय अग्रज तथा पूर्व जनप्रतिनिधिलाई पनि विशेष सम्मान गरेको