नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्रका रूपमा स्थापित गर्दै ‘स्टडी इन नेपाल’ अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) बीच रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ। सोमबार काठमाडौंमा सम्पन्न एक कार्यक्रममा दुवै संस्थाले नेपालको उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, गुणस्तरीय शिक्षाको सुनिश्चितता तथा नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आकर्षक अध्ययन