धानबालीमा खेलाँची नगरौं

  • मङगलबार १६ असार २०८३ ०७:०० AM
धान नेपालको प्रमुख खाद्य बाली हो। धान नहुने हो भने नेपालमा खाद्यान्न संकट हुन्छ। धान रोपेरै अधिकांश किसानले पेट भर्छन्, अझै पनि अधिकतर नेपालीको निर्भरता कृषिमै छ र त्यो भनेको धानबालीमा निर्भर हुनु हो। धान रोप्ने मुख्य याम हो असार। वर्षाको यो ऋतुमा मानो रोपेरै नेपालीले मंसिरमा मुरी भित्र्याउने हो। तर रोपाइँ भएन भने कहाँको भित्रिनु मुरी  ?  असारको १५ बितिसक्दा पनि देशभर जम्मा १५ प्रतिशत रोपाइँ सकिएको छ। अन्न भण्डार तराई मधेसमै सबैभन्दा कम रोपाइँ भएको छ। सुदूरपश्चिममा झन्डै आधाउधी रोपाइँ