काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीति राष्ट्रिय हितमा केन्द्रित रहँदै बदलिँदो विश्व राजनीतिक तथा आर्थिक परिस्थितिअनुसार परिमार्जन र सुदृढीकरण आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘प्राध्यापक यदुनाथ खनाल व्याख्यान श्रृङ्खला’को पाँचौँ संस्करणलाई सम्बोधन गर्दै मन्त्री खनालले अन्तर्राष्ट्रिय प्रणालीमा भइरहेका गहिरा परिवर्तन, प्रमुख शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धा र प्रविधिको तीव्र विकासले नेपालजस्ता देशका