काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ । भुवन केसीको अध्यक्षतामा रहेको केन्द्रीय निर्वाचन आयोगले संशोधित सूची सार्वजनिक गरेको हो । उम्मेदवारहरूले बढी मत ल्याउँदा पनि क्लस्टर मिलाउने क्रममा अन्याय भएको गुनासो गरेका थिए । त्यसपछि आयोगले मतपरिणाम र सम्बन्धित कागजात पुनः अध्ययन गरेको जनाइएको