काठमाडौं : बिभिन्न माग राख्दै सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरुले काठमाडौंको माइतीघरमा निरन्तर धर्ना दिइरहेका छन् । सडक पेटीलाई कार्य क्षेत्र बनाएका दृष्टिविहीन तथा न्यून दुष्टियुक्त व्यक्तिहरुमाथि काठमाडौं महानगरलगायत बिभिन्न निकायहरुले बलपूर्ण धरपकड गरेको भन्दै उनीहरुले ९ दिनदेखि काठमाडौंको माइतीघरमा निरन्तर धर्ना दिएका हुन् ।सडकपेटी केन्द्रीय स्वरोजगार मुलक दृष्टिविहीन व्यवसायीहरुको समूहको अगुवाइमा भएको धर्नामा सहभागीहरुले सरकारले दृष्टिविहीनहरूको गाँस, बास र कपासको ग्यारेन्टी नगरेको