काठमाण्डु-कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संसदलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्न सांसदहरूलाई आग्रह गरेकी छन् । मंगलबार ६८ औं संसद दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त कुरा बताएकी हुन् । मन्त्री गौतमले प्रक्रियागत विषयहरू कार्यव्यवस्था, अन्य औपचारिक तथा अनौपचारिक छलफलबाट टुंग्याउन सकिने हुँदा सदनमा जनताका विषयमा केन्द्रित