विष्णु पौडेल आज थुनामुक्त नहुने

  • मङगलबार १६ असार २०८३ ०५:०० PM
काठमाडौं :  नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल आज  थुनामुक्त नहुने भएका छन्। न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले थप कागजात मगाउने आदेश जारी गरेपछि पौडेल मंगलबार हिरासतमुक्त नहुने भएका हुन्। सम्पत्ति शुद्धीकरण कसूरमा पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए। पौडेल हाल सानेपास्थित प्रहरी हिरासतमा छन्।सम्पत्ति शुद्धीकरण कसूरमा पक्राउ परेका पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी दोमाया पौडेलले सर्वोच्च अद