प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिले नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको प्रतिवेदनमा अपेक्षित विषय समावेश नभएको भन्दै माग गरिएका विवरण स्पष्ट खुलाएर पाँच दिनभित्र पुनः प्रतिवेदन पेश गर्न निर्देशन दिने निर्णय गरेको छ । मंगलबार बसेको समितिको बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदन तथा उपसमितिहरूको हालसम्मको काम कारबाहीबारे छलफल गरिएको थियो । बैठकमा समिति सभापति कृष्णहरि बुढाथोकीले