काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गर्दा आर्थिक वृद्धि र समष्टिगत आर्थिक स्थायित्वबीच सन्तुलन कायम गरिने बताएका छन् । आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल आर्थिक पत्रकार समाजले मंगलवार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सरकारले प्रस्तुत गरेको बजेट (वित्त नीति)