काठमाण्डु – नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक सूचना जारी गरेर ऋणपत्र २०८४ ‘क’ अनलाइनमार्फत बोलकबोल गर्न सकिने जनाएको छ । ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने