काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीलाई अझ सुन्दर, हराभरा र आकर्षक बनाउने अभियानलाई तीव्र बनाएको छ । महानगरको गौरवको योजना ‘मेरो रहर, सुन्दर र हरित शहर’ अन्तर्गत अहिले कोटेश्वर–बालकुमारी सडकखण्डमा भित्ताचित्र कोर्ने र सडक किनारलाई रंगीचंगी फूलका गमलाले सजाउने काम भइरहेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनामार्फत सञ्चालन भइरहेको अभियानमा सडकका भित्ताहरूलाई काठमाडौंका ऐतिहासिक सम्पदा