काठमाडौं । नेकपा (एमाले) का पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान सरकार दुईतिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोजेको आरोप लगाउँदै त्यसविरुद्ध खबरदारी आवश्यक रहेको बताएका छन् । बुधबार पूर्वसांसद मञ्च, नेपालको ६६औँ वार्षिक साधारणसभामा बोल्दै उनले सरकारको कार्यशैली र गतिविधिले संविधान तथा लोकतान्त्रिक व्यवस्थामाथि नै संकट आउन सक्ने संकेत देखिएको टिप्पणी गरे । ज्ञवालीले सत्तारुढ