जेनजी आन्दोलनपछि नारायणहिटी सफा गर्न लगाएकै रहेछन्: प्रचण्ड

  • बुधबार १७ असार २०८३ १२:०३ PM
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको दाबी गरेका छन् । पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भदौ २६ गते राति राष्ट्रपति निवास शीतलनिवासमा बसेर देशलाई अर्को दुर्घटनाबाट जोगाउने विषयमा आफूहरू चिन्तित रहेको