काठमाडौँ। विश्व प्रसिद्ध फ्रान्सेली दार्शनिक तथा नाटककार जाँ–पल सार्त्रको चर्चित नाट्य कृति ‘द रेस्पेक्टफुल प्रोस्टिच्युट’ (La Putain respectueuse) नेपाली परिवेशमा मञ्चन हुने भएको छ। शिल्पी थिएटरको निर्माणमा तयार हुन लागेको यस नाटकलाई ‘मिस मेनुका : एक संवेदनशील यौनकर्मी’ शीर्षक दिइएको छ। फ्रान्सेली साहित्यको यो कालजयी कृतिलाई नेपाली सामाजिक परिवेश अनुकूल ढाल्दै कल्पना घिमिरे ‘नुरिस्साँ’ले रूपान्तरण