काठमाडौं । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएसँगै वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाएका छन् । निगमले बुधबारदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको थियो । नेपाल आयल निगमको असार १६ गतेको निर्णयअनुसार हवाई इन्धनको साबिकको मूल्य प्रतिलिटर २६९ रुपैयाँबाट १४.८७ प्रतिशत ४० ले घटेर प्रतिलिटर २२९ रुपैयाँ कायम भएको थियो