काठमाडौँ । चलचित्र ‘मन विनाको धन-२’ मा अभिनेता विपिन कार्की भित्रिएका छन् । यसअघि नै अभिनेत्री पूजा शर्मा, अभिनेता महेश त्रिपाठी, कलाकार सरोज खनाल र किरण केसी चलचित्रमा अनुबन्ध भएका थिए । छायाङ्कनको तयारीमा रहेको यस चलचित्रमा टंक बुढाथोकीको कथा रहेको छ भने उनले नै यसलाई निर्देशन गर्नेछन् । चलचित्रमा शिवं अधिकारीको पटकथा तथा संवाद