काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन ईस्क्याप) का कार्यकारी सचिव महामहिम आर्मिडा साल्सिया आलिस्जाहबानाले भेटवार्ता गरेकी छन् । थाइल्याण्डको राजधानी बैंककस्थित यूएन ईस्क्यापको वातावरण तथा विकास समितिको नवौ मन्त्रिस्तरीय बैठकमा सहभागी भएकी मन्त्री चौधरीसँग महामहिम आलिस्जाहबानाले भेटवार्ता गरेकी हुन् ।