काठमाडौं । ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रमा सडकमा हिँडिरहेका स्वदेशी तथा विदेशी पुरुष पर्यटकलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील गतिविधिका लागि मोलमोलाइ गर्दै हैरानी दिएको आरोपमा उनीहरूलाई पक्राउ हो । पक्राउ पर्नेमा चार जना युगान्डाका नागरिक र एक