एजेन्सी । दक्षिणी इजिप्टको अस्युत प्रान्तमा एउटा गुडिरहेको इन्जिनयुक्त ट्राइसाइकल नहरमा खस्दा नौ बालबालिकाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार मंगलवार भएको यस दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । अस्युत गभर्नरेटद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार उक्त दुर्घटना अबु टिग जिल्लामा भएको हो । दुर्घटना लगत्तै गभर्नर मोहम्मद अल्वानले घटनास्थलको भ्रमण गरी खोज