नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । बुधबार २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो । यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ ।